कांग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुन सक्छ : मन्त्री किराँती

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नयाँ राष्ट्रपतिको चर्चा चलिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रपति नेपाली कांग्रेसलाई दिँदा राष्ट्रिय सहमति हुनसक्ने विचार प्रकट गर्नुभएको छ । राष्ट्रपति बनाउनमा राष्ट्रिय सहमतिको विकल्प नभएको मन्त्री किराँतीको जिकिर छ ।

मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला भोजपुर आउने क्रममा किराँतीले बुधबार संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनेमा दुई मत नभएकाले सबैले स्वीकार गर्नुपर्छ भन्नुभयो । कांग्रेसलाई राष्ट्रपति दिँदा सहमति हुन सक्ने भएकोले एमाले पनि यसमा सहमत हुनुपर्ने उहाँको जोड थियो ।

मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको पनि बताउनुभयो । नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ,’ मन्त्री किराँतीले भन्नुभयो, ‘अरू देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?