गृहजिल्लामा मन्त्री किराँतीसँग दर्जनौ साना-साना योजनाको माग

फाइल तस्बिर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । मन्त्री भएको सैतिस दिन पछि गृह जिल्ला भोजपुर आईपुग्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँती जिल्लामा भेटघाटमा ब्यस्त हुनुहुन्छ ।

जिल्ला आउनु भएका मन्त्री किराँतीलाई भने ठुला योजना भन्दा पनि स-साना योजनाहरु माग्ने गरिएको छ । क्लव, गुम्वा, संघ संस्था, राजनीतिक दललगायतले योजना प्रस्तावनाका चाङ नै मन्त्री किराँती समक्ष राखेका छन ।

ठुला आयोजना भन्दा पनि दर्जनौ साना योजनाको माग आएपछि मन्त्री किराँतीले भन्नुभयो, “मन्त्री भएर आएँ ठूला ठूला योजनाको माग आउँछ भनेको त वडा परिषदमा छलफल गर्ने खालको योजनाको माग आयो ।” ए बा बा ! “मन्त्री हुन त दिनुस” किराँतीले ठट्यौली गर्दै  गर्नु भयो ।
सोक्रममा मन्त्री किराँतीले ठूला किसिमका योजना प्रस्ताव पेश गर्न आग्रह गर्दे ठूला योजना प्रस्तुत गरे रातो कितावमा राख्न सहज हुने बताउनु भयो ।
किराँतीले चुनावअघि मन्त्री वनेर पहिलोपटक षडानन्द नगरपालिकाको देउरालीमा आउने गरेको् वाचा अनुसार भोजपुर आउनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?