एनआइसीको फोनलोन सेवा

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया बैंकले मोबाइल बैंकिङ एपबाटै डिजिटलरूपमा कर्जा प्रदान गर्ने गरी एनआइसी एसिया फोनलोन सेवा सुरु गरेको छ । बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकले मोबाइल एपमार्फत् बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिकरूपमा बैंकका शाखामा उपस्थित नभई अधिकतम् दुई लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले ल्याएको नयाँ सेवाबाट ग्राहकले एक महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डका आधारमा ग्राहकले कर्जा सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?