जलाउन लगिएको महिलाको शव प्रहरी नियन्त्रणमा, दुईजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम। धनुषामा घाटमा जलाउन लगिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको श्मशान घाटबाट जलाउन लगिएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४की ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार श्रीमानले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको उजुरीकै आधारमा अनुसन्धानका लागि मृतकको शव नियन्त्रणमा लिइएको हो ।

मृतक महिलाको शरिरमा चोट र निलडाम देखिएको प्रहरीले जनाएको छ । साथै घटनामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान जनकपुरधाम–४ का ४५ वर्षीय शेखर कार्की र २० वर्षीय सागर साहलाई प्रहरीले पक्राउ गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?