घरायसी झगडामा आफै माथी आगो लगाएकी महिलाको उपचारको क्रममा निधन

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर । घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ । आफ्नो शरिरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालकाअनुसार विराटनगर महानगरपालिका-१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी  शर्माको उपचारका क्रममा मृत्यु भएको हो । उहाँकाअनुसार  बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग बिबाद गरेकी शर्माले आफ्नो शरिरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन ।

सो आगलागीमा परे पछि उनलाई उपचारका लागि कोशी अस्पताल, बिराटनगरमा ल्याईएको थियो । तर, हिजो साँझ उनको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिनुभयाे ।

सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?