काठमाडौंमा ह्विलचियर म्याराथन सम्पन्न (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज काठमाडौंमा बिआइए फाउन्डेसनले अपांगता भएका व्‍यक्तिहरुको सहभागीतामा ह्वीलचेयर रेस सम्पन्न गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, शहीदगेट, न्युरोड गेट, रानीपोखरी, जमल्, दरवार मार्ग , हुँदै भृकुटिमण्डपमा आएर समापन भएको थियो ।

बिआइए फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष र महिला गरि दुई प्रतिष्पर्धा गरिएको थियो । प्रतिष्पर्धामा करिब २०० जना सहभागी भएको आयोजकले जनाएको छ ।

दुवै प्रतिष्पर्धा विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेताले १५ र तेस्रो स्थान हात पार्ने खेलाडीले १० हजार रुपैयाँ हात पारे ।

तस्बिरहरु: नेपाल फोटो लाईब्रेरी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?