मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैन : बालेन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताउनु भएको छ ।

उहाँले फेसबुकमा स्टाटस लेख्दै यस्तो खुलास गर्नुभएको हो ।

उहाँले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउँदै गरेको बताउँदै यो देश कहिले पनि नबन्ने बताउनु भएको छ । उहाँले यो देश कहिल्यै नबन्नेसमेत जनाउनु भएको छ । उहाँले कसले राजीनामा दिन लगाउन खोजेको हो त्यो भने केही खुलाउनु भएको छैन ।

अचानक देखा परेको मेयर शाहको यो स्टाटसले तरंग उत्पन्न गर्ने भएको छ ।

उहाँले लेख्नुभएको छ– ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?