मेयर पदबाट मलाई राजीनामा दिन दबाब दिँदै छन् : साह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएकोे खुलासा गर्नुभएको छ । बालेन स्वयंले शनिबार सामाजिक सञ्जालमार्फत उक्त कुराको खुलासा गर्नुभएको हो । बालेनले एउटा स्टाटस लेख्दै आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजिएको बताउनुभएको छ ।

उहाँले आफ्नो भेरिफाइड फेसबुक एकाउण्टमा लेख्नुभएको छ, ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दै छन् । यो देश कहिल्यै पनि बन्दैन ।’ तर, उहाँले आफूलाई राजीनामा दिन कसले भन्यो अथवा कसले दबाब दियो ? भन्ने बारेमा केही खुलाउनुभएको छैन ।

मेयर साहको उक्त पोष्टमा हजारौैँले कमेन्ट गरेका छन् । धेरैले मेयर साहलाई कसैको पनि दबाबमा नआउन सल्लाह दिएका छन् । धेरैले हाम्रो भोटले हो मेयर बनाएको कसैले आशीर्वादको रूपमा दिएको होइन पाँच वर्ष राम्रोसँग काम गर्नुहोस् भनेर सल्लाह दिएका छन् । कतिले मेयर साहसँग राजीनामा माग्नेसँग आक्रोश व्यक्त गरेका छन् । कसैले भने मेयर साहको फेसबुक ह्याक भएको अनुमान पनि लगाएका छन् । मेयर बालेनको स्टाटसमा धेरैले सहानुभूति नै देखाएका छन् । यसबारे मेयर साहले भने आफ्नो थप धारणा व्यक्त गर्नुभएको छैन भने शनिबार दिनभर उहाँको मोबाइलसमेत स्विच अफ गरिएको थियो ।

पछिल्लो समय बालेन साह आफ्नो कामका कारण चर्चामा रहनुभएको छ । केही महिनायता उहाँले फुटपाथ कब्जा गरेर बसेका व्यापारीलाई हटाउनुभएको थियो सडक पार्किङलाई व्यवस्थित गर्न कडाइका साथ नियम पालनाका लागि पहल गर्दै आउनुभएको छ । यस्तै, उहाँ टुकुचा उत्खनन अभियान र सुकुम्बासी बस्ती हटाउने प्रकरणमा पनि विवादमा तानिनुभएको थियो । उहाँले गरेका कामप्रति केही राजनीतिक दलका प्रतिनिधिहरू रुष्ट बन्दै आएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?