नेपालको वरीयता खस्कियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) र टी-२० अन्तर्राष्ट्रिय दुवैको वरीयता खस्किएको छ । दुवै संरचनामा नेपाल एक/एक स्थान तल झरेको हो । टी-२० आईमा नेपाल एक स्थान खस्किँदै १३ औँ स्थानमा पुगेको छ । आगामी अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपबाट शीर्ष आठ टोली सोझै छनोट हुनेछन् । टी-२० वरीयतामा ती आठ देशबाहेक शीर्ष वरीयतामा रहेका दुई टोलीले सोझै विश्वकप खेल्नेछन् । वरीयता २०२२ नोभेम्बर १४ मा सम्मकोलाई आधार मानिनेछ ।

टी-२० वरीयता खस्किँदा नेपालको विश्वकप खेल्ने सपनामा भने झट्का लागेको छ । नेपाल वरीयताका आधारमा सिधै विश्वकपमा छनोट नभएमा एसिया क्षेत्रबाट दुई कोटामा पर्नुपर्ने हुन्छ । नेपाल ओडिआईमा एक स्थान खस्किँदै १९औँ स्थानमा पुगेको छ । ओडिआई वरीयतामा नेपालभन्दा पछि पपुवा न्युगिनी २०औँ स्थानमा छ ।

१८औँ स्थानमा अमेरिका उक्लिएको छ । १७औँ स्थानमा नामिबिया, १६औँ स्थानमा ओमान र जिम्बाबे १५औँ स्थानमा छ । ओडिआईमा शीर्षस्थानमा न्युजिल्यान्ड, इंग्ल्यान्ड दोस्रो, अस्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन् ।

टी-२० आई वरीयतामा १२औँ स्थानमा युएई उक्लिएको छ । आयरल्यान्ड १४औँ, स्टकल्यान्ड १५औँ, नामिबिया १६औँ र ओमान १७औँ स्थानमा छन् । टी-२० आई विश्व वरीयताको शीर्षस्थानमा भारत, इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?