इरानी आणविक वैज्ञानिकको हत्यामा १४ जनाविरुद्ध अभियोग दायर

Read Time = 2 mins

तेहरान । इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । इरानको आणविक कार्यक्रममा आफ्नो भूमिकाका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेका फखरीजादेहलाई तेहरानबाहिर उहाँको कारमा रहेका समय आक्रमण गरी हत्या गरिएको थियो । तेहरानका मुख्य अभियोजक अली सालेहीले १४ जनालाई अभियोग लगाइएको घोषणा गर्नुभयो ।

सालेहीले भन्नुभयो, ‘उनीहरूमाथि स्वदेशी माटोविरूद्ध भ्रष्टाचार, यहुदी शासनका लागि जासुसीमा सहयोग पुर्‍याएको, राष्ट्रिय सुरक्षामा खलल पु¥याउने उद्देश्यले मिलेमतो गरेको र ‘राष्ट्रिय सुरक्षाविरुद्धको कारबाही’ समावेश छ । इरानले फखरीजादेहको रिमोट कन्ट्रोल मेशिनगनबाट विस्फोटक पदार्थ र गोली हानी हत्या गरिएको दाबी गरेको छ ।

इजरायलले यस हत्याबारे कुनै टिप्पणी गरेको छैन । सन् २०१८ मा इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फखरीजादेहले इरानको आणविक बम बनाउने प्रयासको नेतृत्व गरेको आरोप लगाउनुभएको थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?