
काठमाडौं । जलविद्युत् विज्ञहरूले नेपालको जलविद्युत् विकासका लागि दिगोपना र स्थायित्व मापदण्डसहितको जलविद्युत्मा जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को नियमित कार्यक्रम फ्राइडे फोरमअन्तर्गत शुक्रबार ललितपुरमा आयोजित जलविद्युत् दिगोपन मापदण्डको व्यावसायिक मूल्य विषयक कार्यकारी नेतृत्व विकास कार्यशालामा उनीहरूले देश, समुदाय र भविष्यको ऊर्जा विकासका लागि दिगोपना र स्थायित्व महत्वपूर्ण भएको बताएका हुन् । जलविद्युत् दिगोपनाको मापदण्डले विश्वबाट जलवायु र कार्बन कोषसहित विदेशी लगानी आकर्षित गर्न सकिने र जलविद्युत्को विकासका क्रममा वातावरण, सामाजिक र सुशासन (इसिजी) पक्षलाई बलियो बनाउने उनीहरूले बताए ।
एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत गौतमले नेपालले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएकाले लक्ष्य पूरा गर्न कम्तीमा ३० अर्ब डलर विदेशी लगानी आवश्यक हुने बताउनुभएको छ ।
इप्पान अध्यक्ष गणेश कार्कीले समुदाय र वातावरणको भलाइका लागि जलविद्युत्को दिगोपनामा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल जलविद्युत् दिगोपनका मापदण्ड अपनाउने देशमा अग्रणी नै रहेको भन्दै उहाँले नेपाल, क्यानडा, ब्राजिललगायत केही देशका केही जलविद्युत् आयोजनाले यसअघि नै स्वर्ण प्रमाणपत्र (गोल्ड सर्टिफिकेट) लिएको पनि जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘केही निजी जलविद्युत् कम्पनीले दिगोपनको मापदण्ड पूरा गरेको सर्टिफिकेट लिइसकेका छन् भने केही प्रक्रियामा छन् । एफडिआई आकर्षित गर्न पनि जलविद्युत्को दिगोपनका मापदण्ड पूरा गर्नु आवश्यक छ ।’
इप्पानसहित युएसआइडी, हाइड्रोपावर सन्सटेनबिली एलाइन्स, नोराड र बिजवेलले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष कार्कीले जलविद्युत्को दिगोपनाका लागि सरकार, अन्तर्राष्ट्रिय र निजी क्षेत्र सँगसँगै हिँड्नुपर्नेमा जोड दिँदै इप्पान साझा दृष्टिकोणसाथ अघि बढ्न तयार रहेको बताउनुभयो । बिजवेलका संस्थापक तथा अन्तर्राष्ट्रिय जलविद्युत् संघ (आइएचए) का उपाध्यक्ष सुशील पोखरेलले नेपालबाट तीन आयोजनाले स्ट्याण्डर्ड सर्टिफिकेट पाइसकेको भन्दै अब यसलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
यसरी सर्टिफाइड भएका आयोजनाहरू अन्तर्राष्ट्रिय संस्थाबाट सस्तो दरका फण्ड पाउनयोग्य हुने भन्दै उहाँले नेपाली जलविद्युत् आयोजना अब कसरी अघि बढ्ने भन्ने विषयमा प्रस्तुतीकरण पनि दिनुभएको थियो । एचएसएका डेपुटी कार्यकारी निर्देशक एलियन किलाजिनले जलवायु परिवर्तनको बँदलिदो अवस्थामा सस्टेनेबिलिटी स्ट्याण्डर्डमा जानुको विकल्प नभएको बताउनुभयो । उहाँले विश्वका विभिन्न देशमा जलवायु परिवर्तनले पारेको प्रभावको उदाहरण दिँदै दिगोपनका मापदण्ड पूरा गर्दा त्यसले बिजनेस भ्यालुमात्र नबढाएर वातावरण, समाज र सुशासन (इएसजी)मा पारेको सकारात्मक प्रभावबारे प्रस्तुतीकरण दिनुभएको थियो । युएसएआइडीका चिफअफ पार्टी रोबर्ट क्रेमरले पनि नेपालका जलविद्युत् आयोजना दिगोपनका मापदण्डमा लैजानुपर्ने बताउनुभयो । नेपालका आयोजनामा सार्वजनिक सहभागिता रहँदै आएको र वातावरण, सामाजिक र सुशासन पक्षमा पनि थप ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)का प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले नेपालले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएकाले लक्ष्य पूरा गर्न कम्तीमा ३० अर्ब डलर विदेशी लगानी आवश्यक हुने बताउनुभयो । जलविद्युत् आयोजनाको रिटर्न एक/दुर्ई प्रतिशत तलमाथि भए पनि फरक नपर्ने भन्दै इएसजीका कुरा हेर्नैपर्ने उहाँको भनाइ थियो ।
डोल्मा इम्प्याक्ट फण्डका कार्यकारी निर्देशक विद्यावारिधि सिग्देलले नेपालमा क्लाइमेट फण्ड, ग्रिन फण्ड जस्ता ठूला फण्डको लगानी आकर्षित गर्न नेपालले सस्टेनेबल डेभलपमेन्टको मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । नेपाली आयोजनाहरूले गोल्ड सर्टिफिकेट लिएपछि नेपालको स्वच्छ ऊर्जालाई कार्बन ट्रेडसँग जोड्न सकिने उहाँको भनाइ थियो । ऊर्जा डेभलपर्सका जनरल म्यानेजर डा. गणेश न्यौपानेले स्ट्याण्डर्ड सर्टिफाइड माई बेनी हाइड्रोपावरको उदाहरण दिँदै सर्टिफाइड आयोजनाले पाउने लाभका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यशालामा इप्पानका प्रतिनिधि, स्वदेशी तथा विदेशी जलविद्युत् प्रवद्र्धक, विषय विज्ञ, वातावरण विज्ञ, सरकारी अधिकारीलगायत एक सय ५० जनाको सहभागिता रहेको इप्पानले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच