पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

पाँचथर । पाँचथर प्रहरीले मोटरसाइकल चोरीमा संलग्नको आरोपमा आठजनालाई पक्राउ गरेको छ ।

पाँचथर र तेह्रथुमको विभिन्न स्थानहरुबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा परिबर्तन गरेर बिक्री गर्नेलाई समेत पक्राउ गरिएको छ । पत्रकार सम्मेलनमार्फत आज उनीहरुलाई सार्बजनिक गरिएको छ ।

तेह्रथुमको आठराई गाँउपालिका–४  शिवकुमार तामाङ, श्रीप्रसाद तामाङ, पविन इङ्नाम, सुरज पुर्वछाने मगर, वासुदेव तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ हुन् ।
यसैगरी, ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाएनमान दियाली, इलामको फाकफोकथुम घर भइ आठराईमा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बराल र पाँचथरको फालेलुङ गाउँपालिका ५ घर भइ फिदिम नगरपालिका १ मा ग्यारेज सञ्चालन गर्ने विरेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आजै प्रहरीले सार्वजनिक समेत गरेको छ ।

उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?