युएई कुवेतसँग पराजित

हिमालय टाइम्स
Read Time = 4 mins

दुवई । ओमानमा जारी टी-२० एसिया कप छनोटमा युएई कुवेतसँग एक विकेटले पराजित भएको छ । कुवेतले पहिलोपटक युएईलाई हराएको हो । जितका लागि १७४ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । कुवेतको जितमा ओपनर रविजा संदारुवानले २५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३४ रन बनाउनुभयो । त्यसबाहेक मिट भास्वर २७, उस्मान पटेल २१ र कप्तान मोहम्मद अस्लाम १९ रनमा आउट हुनुभयो ।

एडसन सिल्भा १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा हुनुभयो । सिल्भा नै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो । युएईका बासिल हमिदले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिनुभयो ।

त्यसअघि अल अमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । युएईका ओपनर चिराग सुरीले ६१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८८ रन बनाउनुभयो । अर्का ओपनर मोहमम्द वासिम २३ बलमा ४ चौका र २ छक्कासहित ३५ रनमा आउट हुनुभयो ।

वृत्य अरविन्दले २९ बलमा २ चौकासहित ३३ रन बनाए पनि अन्यको प्रदर्शन सम्झनलायक रहेन । कुवेतका मोहम्मद शफिक, सैद मोनिव र शिराज खानले एक–एक विकेट लिनुभयो । युएई शीर्षस्थानमा रहन हङकङ र सिंगापुर दुवैलाई फराकिलो अन्तरले हराउनुपर्छ । नेटरनरेटमा निर्भर रहनेछ । पहिलो खेलमा हङकङले सिङ्गापुरलाई ८ रनले हराएको थियो ।

लिगको खेलपछि शीर्षस्थानमा रहने टोलीले अगस्ट २७ देखि युएईमा हुने एसिया कप खेल्न पाउनेछन् । छनोटबाट जाने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

यता पाकिस्तानले तेस्रो ओडिआई खेलमा नेदरल्यान्ड्समाथि ९ रनको सङ्घर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले क्लिनस्विप गरेको छ ।

जितका लागि २०७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा १९७ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका टप कुपरले १०५ बलमा ४ चौकासहित सर्वाधिक ६२ रन बनाउनुभयो । ओपनर विक्रमजित सिंहले ८५ बलमा ७ चौकासहित ५० रनको योगदान दिनुभयो । पाकिस्तानका नसिम शाहले १० ओभरमा ३३ रन खर्चेर ५ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान ४९.४ ओभरमा २०६ रनमा अलआउट भएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १२५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिनुभयो । ओपनर फखार जमान २६, अघा सलमान अली २४ र मोहम्मद नवाज २७ रनमा आउट हुनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?