नेपाललाई हङकङले दियो १२१ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यू-१९ विश्वकपको एसिया छनोटमा हङकङसँगको खेल जित्न नेपालले १२१ रनको सामान्य लक्ष्य पाएको छ ।

युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो ।

हङकङका लागि पार्थले ९३ बलमा चार चौकासहित सर्वाधिक ३६ रनको योगदान गरे। यस्तै, मोहम्मद अलियान जाहिरले ६७ बलमा तीन चौकासहित २९ रन जोडे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि हेमन्त धामीले ९ ओभरमा १९ रन खर्चेर तीन विकेट लिए। आकाश चन्द र सुवाष भण्डारीले दुई–दुई विकेट लिए। यस्तै,दीपेक कँडेलले एक विकेट लिए।

नेपालले शनिबार भएको खेलमा कुवेतलाई दुई सय ४३ रनले पराजित गरेको थियो। यस्तै,त्यसअघि फेब्रुअरी २४ मा भएको खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?