निरा पाण्डे हत्याका दोषीमाथि कारबाहीको माग गर्दै आज पनि प्रदर्शन (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

आज दिउँसो पीडितका परिवार तथा आफन्तजनले माइतिघर देखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।

अघिल्लो साता सरस्वतीनगर, चाबहिलमा भाँडा पसल सञ्चालक पाण्डेको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्या भएको दुई हप्ता नाघिसक्दा पनि अपराधी पत्ता नलागेको भन्दै आज प्रदर्शनमा उत्रेका हुन् ।

निरा पाण्डे हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

माता तीर्थ औंसीको दिन पाण्डेको कपनको सरस्वतीनगरस्थित पसलभित्र दिउँसै छुरा प्रहार गरेर वीभत्स हत्या गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?