प्राणी : जंगली गाई-नीलगाई

विनोद दाहाल वत्स
Read Time = 5 mins

म नीलगाई हुँ । मलाई अंग्रेजीमा Blue Bull भन्ने गरिन्छ भने मेरो वैज्ञानिक नाम Boselaphustragacamelus हो । म शुद्ध शाकाहारी प्राणी हुँ । जंगली घाँसपात, वनस्पति खाएर म आफ्नो जीवन निर्वाह गर्दछु । म सानो सानो बथानमा बस्ने गर्छु । १०-१५ को संख्यामा म आफ्नो बथान बनाउने गर्छु । म घाँसे फाँट र जंगल नजिकका खेतबारीमा चर्ने र बस्ने गर्छु । म पनि गैंडाका झैँ प्रायः एकै ठाउँमा दिसा गर्ने गर्छु । मेरो यो बानीले मलाई अप्ठ्यारो पनि गर्ने गर्छ । सिकारीहरू मैले दिसा गरेका ठाउँमा ढुकेर बस्छन् र म त्यहाँ पुग्नासाथ मलाई मार्ने गर्छन् ।

जर्सी गाई, गौरीगाई, चौंरीगाई सबै मेरै प्रजाति हुन् । यीमध्ये केही घरपालुवा बनेका छन् तर म भने अझै जंगली नै छु । घरपालुवा मानिसहरूसँग रत्तिएका छन् । ती मानिसले दिएको घाँस, पानी, खोले, कुँडोमा पल्किएका छन् र उनीहरूलाई दूध दिन्छन् । म भने स्वतन्त्र रूपमा जंगलमै विचरण गर्न रुचाउँछु ।

म नेपाल र भारतमा पाइन्छु । भारतका पञ्जाव, विहार, मध्यप्रदेश, गुजरात, महाराष्ट्र, आन्ध्रप्रदेश, जम्मुकास्मिरलगायत स्थानमा म बस्ने गर्छु । नेपालमा भारतीय सिमाना नजिक तथा बर्दिया, लुम्बिनी, कपिलवस्तु, कोशीटप्पु क्षेत्रमा मेरो बसोवास छ ।

मेरो शरीर अरू प्रजातिका गाईको भन्दा डोला र छरितो हुन्छ । मेरो शरीरको रङ पनि नीलो हुँदैन, खैरो हुन्छ तैपनि मानिसले मेरो नाम ‘नीलगाई’ भनेर राखेका छन् । मेरो बलियो शरीर, सानो टाउको, खिरिलो सुलुत्त परेको थुतुनो हुन्छ । मेरो पुच्छर छोटो हुन्छ । मेरो जुरो र घाँटीमा लामा लामा रौं हुन्छन् । घाँटीमा सोता कण्ठीजस्ता धर्का हुन्छन् । सिङ छोटा छोटा हुन्छन् । बलिया खुट्टा र खुर भएको हुँदा म निकै छिटो दौडन सक्छु ।

म नेपाल र भारतमा पाइन्छु । भारतका पञ्जाव, विहार, मध्यप्रदेश, गुजरात, महाराष्ट्र, आन्ध्रप्रदेश, जम्मुकास्मिरलगायत स्थानमा म बस्ने गर्छु । नेपालमा भारतीय सिमाना नजिक तथा बर्दिया, लुम्बिनी, कपिलवस्तु, कोसीटप्पु क्षेत्रमा मेरो बसोवास छ । हाम्रो संख्या त्यति धेरै छैन । लोपोन्मुख अवस्थामा पुगिसकेको हुँदा सरकारले कोशीटप्पु, शुक्लाफाँटा, बर्दिया आदि आरक्षणमा हामीलाई संरक्षण गरिरहेको छ ।

मेरो सरदर आयु २० देखि २५ वर्षसम्मको हुन्छ । नौ महिनाको गर्भाधारणपछि मेरो पाथीले एउटा बच्चा जन्माउँछ । म सुधो प्रणी हुँ तर कहिलेकाहीँ मानिसका बालीनाली खान भने पुग्छु । त्यसबेला मानिसले मलाई सताउने गर्छन् । म चोरी सिकार गर्नेबाट पीडित छु । मासु तथा छालाका लागि उनीहरू मेरो सिकार गर्छन् । मेरो छालाबाट पेटी, झोला, सुटकेस आदि बनाउँछन् भने मेरो सिङ तथा हाडबाट टाँक तथा सजावटका सामग्री बनाउने गर्छन् ।

बाघ, भालु, चितुवालगायत हिंस्रक जनावर त मेरा प्राकृतिक शत्रु नै भइहाले । यसका साथै मानिसबाट पनि यसरी प्रताडित बन्नु पर्दा मेरो संख्या दिनप्रतिदिन घट्दैगएको हो । सरकारले मेरो चोरी सिकारलाई अवैधानिक घोषणा गरेर नियन्त्रण गर्ने प्रयास गरेको छ । यसरी नै यसमा अझै कडाइ गर्ने हो भने हामी आरामले बाँच्न पाउनेथियौं । यसो भयो भने मेरो अस्तित्व पनि रहनेथियो र मानिसका भावीपिँढीले पनि हामीलाई देख्न पाउने थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?