चैत ४ र ५ मा मेरो भ्वाइस युनिभर्स काठमाडौंमा

Read Time = 2 mins

काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन यही चैत ४ र ५ गते काठमाडौंको सामाखुसी कपुरधारास्थित नवोदित कलेजमा हुने भएको छ । अडिसनमा आउँदा प्रतियोगीले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने र फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीले पनि अनिवार्यरूपमा फिल्ड अडिसनमा सहभागिता जनाउनुपर्नेछ । इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भन्नुभयो, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति र दुःखमा परेकालाई मद्दत गर्नुमा छ । फाउण्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’ फाउण्डेसनले नेपालबाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली देशबाट पनि नेपाली भाषीको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?