मन्त्री श्रेष्ठ सडक अनुगमनमा

Read Time = 2 mins

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण निर्माण आयोजना सम्पन्न गर्न आफूले प्रयास गरिरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौं उपत्यकाका भैंसेपाटी, बौद्ध जोरपाटी, बालाजु बाइपासलगायत क्षेत्रमा अनुगमनपछि उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले आफू निर्देशन दिएरमात्रै नबस्ने उल्लेख गर्दै आयोजनाको प्रगतिबारेमा पनि अनुगमन गरिरहने बताउनुभयो । निर्माण व्यवसायीलाई बोलाएर देशभरिको रुग्ण आयोजना सम्पन्न गर्न र निश्चित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिइएको उहाँको भनाइ थियो । उत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडक बनाउने काममा केही प्रगति भए पनि कतिपय सडक निर्माणमा खानेपानी, विद्युत्लगायत अन्य कार्यालयका कारण ढिलाइ भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

कतिपय अदालतको आदेशका कारण पनि काम रोकिएको भन्दै उहाँले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अघि बढ्ने बताउनुभयो । गुणस्तरीय सडकमा हिँड्न पाउने जनताको अधिकारलाई सरकारले प्रत्याभूति दिन प्रतिबद्ध रहेको भन्दै भंैसेपाटी सडक एक महिनामा पिच हुने दाबीसमेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?