काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई लिन राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले राति ११ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा विमान इजरायल जाने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल आउन चाहने नेपालीलाई लिनका विमान जाने र आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको भाडा सरकारले तिर्ने निर्णय भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज विशेष गरेर इजरायलमा भएको दुःखद् घटनाको सन्दर्भमा सरकारले शुरुदेखि नै पहल गरिरहेको छ । त्यस घटनाका सन्दर्भमा विशेष गरी नेपाल आउन चाहने नेपालीलाई लिनका लागि आज लगभग ११ बजे नेपालबाट नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्री स्वयं त्यस जहाजमा जाने र नेपालीलाई लिएर आउने । अब आउन पाइन भन्ने भन्दा पनि नेपाली लिएर आउने । त्यहाँबाट आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको टिकटको भाडा पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ ।’
इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएकाहरुको शव भने जहाजमा ल्याउन नमिल्ने भएकाले छुट्टै ल्याइने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच