सिराहामा सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद

Read Time = 2 mins

सिराहा । सशस्त्र प्रहरी बलले सिराहाका विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा बुधबार उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो ।

सिरहाको नवराजपुर गाउँपालिका–५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार चार सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।

सोही गाउँपालिका–५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको पाँच लाख रुपैयाँ बराबरको एक सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ ।

सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा पाँच लाख ५० हजार रुपैयाँ बराबरको एक सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका–३ जगतपुर बस्ने शिवनारायण यादवको आँगनमा लुकाई राखेको अवस्थामा दुई लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुंगा हान्दा सशस्त्र प्रहरीको बा१ग २०५५ नम्बरको ट्रकमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?