श्रीलंकाले विद्यार्थीका लागि बिनाब्याज ऋण दिने

Read Time = 2 mins

कोलम्बो । श्रीलंकाले विद्यार्थीका लागि ब्याजमुक्त कर्जाका लागि एक करोड ५७ लाख अमेरिकी डलर छुट्याएको छ । श्रीलंकाको अर्थ मन्त्रालयले शुक्रबार आर्थिक अवस्था कमजोर रहेका पाँच हजार विद्यार्थीका लागि प्रतिव्यक्ति ११ लाख भारतीय रुपैयाँ (करिब तीन हजार २०० अमेरिकी डलर) ब्याजमुक्त ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।

वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बैंकबाट २५ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गरिरहेकाले यो योजना ल्याइएको बताउनुभयो ।

विद्यार्थीले कर्जाका लागि बैंक अफ सिलोन, पिपुल्स बैंक र नेसनल सेभिङ्स बैंकमा आवेदन दिन सक्नेछन् । उक्त कर्जा विद्यार्थीले रोजगारी पाएपछि भने विभिन्न किस्तामा तिर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

श्रीलंकामा प्रत्येक वर्ष लगभग दुई लाख ७० हजार विद्यार्थी विश्वविद्यालय प्रवेश परीक्षाका लागि परीक्षा दिन्छन् भने करिब ४० हजार विद्यार्थीले राज्यद्वारा सञ्चालित विश्वविद्यालयमा भर्ना हुन पाउँछन् । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?