हेटौंडा । पछिल्लो समय देशका विभिन्न भागमा पुगेर नागरिक अभिनन्दन र मठ मन्दिरमा पूजा आजा गरिरहनुभएको छ पूर्वराजा ज्ञानेन्द्र शाहले । उहाँ केही समययता सांस्कृतिक भ्रमणमा व्यस्त देखिनुहुन्छ । यसैक्रममा शाह आइतबार हेटौँडा आउनुभएको छ । उहाँको स्वागतमा स्थानीय जनताको ठूलै भिड जम्मा भएको थियो । पूर्वराजाको प्रतीक्षामा घण्टौँ अगाडिदेखि स्थानीय भेला भएका थिए । उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका थिए । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई हम्मेहम्मे परेको थियो ।
अपरान्ह हेटौँडा आउनुभएका पूर्वराजा शाहाले हेटौंडा-१० मा रहेको भुटनदेवी मन्दिरमा पूजा आरधना गर्नुभएको थियो । यसअघि उहाँले हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरमा दर्शन गरेका गर्नुभएको थियो । त्यस्तै, हेटौँडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पनि उहाँले पूजाअर्चना गर्नुभएको थियो ।
यसअघि शनिबार पूर्वराजा शाह सिमरास्थित मुसहर बस्ती पुग्नुभएको थियो । पूर्वराजा शाहले मुसहर बस्तीका बालबालिका तथा स्थानीयसँग झण्डै एक घण्टा बिताउनु भएको थियो । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल र राजपरिवारका अन्य सदस्यहरू पनि मुसहर बस्ती पुगेका थिए । राजपरिवारका सदस्यलाई बालबालिकाले फूलमालाले स्वागत गरेका थिए ।
सो स्थानमा प्रभु शमशेर राजी राणा ट्रष्टले विपन्न मुसहरका लागि बनाइदिएका घर अवलोकनका लागि पूर्वराजा सिमरा पुग्नुभएको हो । उक्त ट्रष्टले मुसहरका लागि करिब २० घर बनाएको छ । त्यसअघि बिहीबार पूर्वराजा शाहले बाराको प्रसिद्ध धार्मिकस्थल गढीमाई मन्दिरमा पुगेर पूजापाठ गर्नुभएको थियो । हरेक वर्षको हिउँदमा पूर्वराजा शाह देशका विभिन्न जिल्ला भ्रमणमा जाने गर्नुहुन्छ । जाडो छल्नकै लागि उहाँ मन्दिर मन्दिर पुग्ने गर्नुभएको छ । यसवर्ष भने उहाँको प्राथमिकतामा मधेशका विभिन्न जिल्ला परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच