काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण प्रतिवेदन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
उपराष्ट्रपतिको निर्वाचन गत चैत ३ गते सम्पन्न भएको थियो ।
शुक्रबार सम्पन्न निर्वाचनबाट ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच