संघ, प्रदेश सरकार र राजनीतिक नियुक्तिहरुको भागबन्डा प्याकेजमा टुंग्याउनुपर्छः सांसद यादव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ फास्टट्रयाकमा पास गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले सो विधेयकलाई समितिमा नलगि संसदभित्र छलफल गरी फास्टट्रयाकमा पास गर्नुपर्ने बताउनुभएको हो । उहाँले यसलाई पास गर्न निकै ढिलो भएको भन्दै अझै ढिलो गरेमा दुर्घटना हुने बताउनु भयो । विधेयकलाई संसदभित्रै छलफल गरेर टुंग्याउनुपर्ने उहाँले बताउन भयो ।

उहाँले भन्नुभयो – ‘यो महत्वपूर्ण कुरा हो । यसलाई फास्टट्रयाकमा नै लानुपर्छ । समितिमा जानुपर्दैन । संसदभित्र नै छलफल गरेर, संसदभित्र बाट नै फाष्टट्रयाकमा पास गर्नुपर्छ । ढिलो ग¥यो भने दुर्घटना हुन्छ । त्यसकारण यसलाई चाँडै सकाउनुपर्छ र संसद भित्र नै छलफल गरेर टुंग्याउनुपर्छ ।’

उहाँले गठबन्धनभित्र संघ र प्रदेश सरकारको भागबन्डाका साथसाथै संवैधानिक पदहरुमा नियुक्तिको विषय पनि प्याकेजमा टुग्यांउनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?