मलमा अनुदान कटौतीको निर्णय फिर्ता लिन माग

Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेले रासायनिक मलमा अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको भन्दै तत्काल फिर्ताको माग गर्नुभएको हो ।

आइतबार पार्टीको कृषि तथा पशुपन्छी विकास विभागद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली किसानको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेका बेला सरकारले जसरी मूल्यवृद्धि गर्ने काम गरेको छ, यो अत्यन्तै अनुचित छ । जबकि हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयतर्फबाट रासायनिक मल आयातका लागि अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो । आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्न पर्याप्तमात्रामा बजेट उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आइलाग्यो ? कृषि क्षेत्रबाट विस्थापित गर्ने योजनाअन्तर्गत रासायनिक मलको अस्वाभाविक मूल्यवृद्धि गर्ने खालको काम ग¥यो । त्यो सर्वथा अनुचित छ ।’

साथै उहाँले निवर्तमान कृषिमन्त्रीले विदेशबाट आयात हुने कृषिजन्य वस्तुमा विषादी परीक्षण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा त्यो प्रस्तावसमेत रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार कस्तो छ भन्ने कुरा विषादी परीक्षणको योजना पनि रोक्ने, रासायनिक मलको अनुदान कटौती गर्ने, मूल्यवृद्धि गर्ने यस प्रकारको क्रियाकलापले स्वाभाविकरूपमा नेपालको कृषि कमजोर पार्ने खालको काम गर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?