अस्मिनाको कप्तानीमा ललितपुर मेयर्स-११

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिकी बलर अस्मिना कर्माचार्यको कप्तानीमा ललितपुर मेयर्स कप वुमन्स टी-२० क्रिकेट प्रतियोगिता खेल्ने ललितपुर मेयर्स ११ को टोली घोषणा गरेको छ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० प्रतियोगिता सेमिफाइनलमा पुग्न नसकेका चार प्रदेशका १४ खेलाडी समेट्दै ललितपुर मेयर्स-११ टोली घोषणा गरेको हो ।

ललितपुर मेयर्स ११ को टोलीमा अस्मिना कर्माचार्य (कप्तान), कृतिका मरासिनी, लक्ष्मी चौधरी, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, खुसी डंगोल, सुजिता थापा, किरण कुँवर, मनिषा उपाध्याय, सीमा केसी, सरस्वती पुन, रञ्जु श्रेष्ठ र हेलिसा गुरुङ रहनुभएको छ ।

यस्तै, वैकल्पिक खेलाडीमा रचना चौधरी, विना थापा, विपिशा शाही र एञ्जिला थापा रहनुभएको छ । चैत ९ देखि १६ सम्म टियु मैदानमा हुने प्रतियोगितामा पाँच टोलीको सहभागिता छ । लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश छन् । कोशीलाई हराउँदै सुदूरले उपाधि जितेको थियो । एपिएफ र मधेश सेमिफाइनलबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?