हिटाकर्मी शर्मा ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

हिमालय टाइम्स
Read Time = 2 mins

म्याग्दी । हिमालय टाइम्सका म्याग्दी सम्वाददाता ध्रुर्वसागर शर्मा म्याग्दीमा ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुनु भएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीद्वारा आज आयोजित स्वागत तथा विदाई एवम् पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रमको अवसरमा हिटाकर्मी शर्मा सहित अन्य चारजना क्रियाशिल पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरु हिटाकर्मी शर्मा, कान्तिपुर दैनिकका घनश्याम खड्का, नागरिक दैनिकका हरिकृष्ण गौतम, गोरखापत्र दैनिकका ठाकुरप्रसाद आचार्य र नयाँ पत्रिका दैनिकका कमल खत्री हुनुहुन्छ ।

गण्डकी प्रदेश सांसद नरदेवी पुन, जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख राजकुमार थापा, निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले पत्रकारहरुलाई प्रमाणपत्र, दोसल्ला र नगद रु १० हजारसहित सम्मान गरिएको थियो ।

‘विकास पत्रकारीता पुरस्कार’ आर्थिक बर्ष २०७३/०७४ को खड्का, २०७४/०७५ को शर्मा, २०७५/०७६ को गौतम, ०७६/०७७ आचार्य र ०७७/०७८ को खत्रीलाई प्रदान गरिने निर्णय पुरस्कार छनोट समितिले गरेको थियो ।

सोही कार्यक्रममा जिसस नवनिर्वाचित टिमलाई पदभार ग्रहण र निर्वतमान टिमलाई विदाई तथा सम्मान गरिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?