प्याराग्लाइडिङ्गलाई व्यवसायिक बनाईदै, उदयपुरका बिभिन्न स्थानमा प्रशिक्षण केन्द्र

हिमालय टाइम्स
Read Time = 5 mins

-सरोज निरौला

उदयपुर । एक शाहसीक मनोरञ्जनात्मक खेलको रुपमा लिइएको प्याराग्लाडिङ्ग हिजोआज देशका कुनाकन्दराका डाँडाबाट उडिरहेको देखिन्छ । नेपाली आकासमा सुरु गरिएको प्याराग्लाडिङ्गको क्षेत्र दिन-दिनै फराकिलो बन्दै गएको छ । उड्ने र हेर्ने दुबैका लागि मनोरञ्जन प्रदान गर्ने भएकाले उदयपुरका धेरैजसो ठाउँमा प्याराग्लाडिङ्गका अभ्यास र उडानहरु भईरहेका छन ।

उदयपुरको त्रियुुगा, चौदण्डीगढी, बेलका, कटारी नगरपालिका र रौतामाई गाउँपालिकामा गरिएका सबै परिक्षण सफल भएपछि व्यवसायिहरुले चासो दिन थालेको प्याराग्लाडिङ्ग प्रशिक्षार्थी तथा त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितु रोईला बताउँनुहुन्छ ।

सफल उडानसँगै त्रियुगा नगरपालिकामा प्याराग्लाडिङ्ग स्कुल नै स्थापना गरी अभ्यासहरु गराउन थालिएको उहाँले बताउनुभयाे । प्लाराग्लाडिङ्ग उड्ने र हेर्ने दुुबैका लागि मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत जोड दिने भएकाले यसलाई व्यवसायिकरुपले अघि बढाउन थालिएको रोईलाले बताउनुभयाे ।

बिद्यार्थी प्रशिक्षित गराउन पोखराबाट आएका प्रशिक्षक सुरेन्द्र गुुरुङले भन्नुभयाे- ‘यसमा युवाहरुको आकर्षण वढ्दो छ, स्थानीय तहहरुले समन्वय गरिदिने हो भने ब्यवसायिक रुपमै रोजगारी सिर्जना गर्न सकिन्छ ।' उदयपुरको उत्तरीभेग पहाडी उच्च भाग र दक्षिण भेग शहरी क्षेत्र भएकाले प्याराग्लाडिङ उडानका लागि उपयुक्त मानिने उहाँले बताउनुभयाे । त्रियुगा नगरपालिकामा नागरिक उड्यनवाट अनुमती प्राप्त भईसकेको उहाँले बताउनुभयाे ।

नेपालमा प्याराग्लाईडिङ्गको चौथोँ स्कुल यहाँ स्थापना हुन लागेको हो । पहिलोचरणमा ९ जनालाई तालिम दिने र त्यसपछि क्रमश थप गर्दै जाने उहाँले बताउनुभयाे । नगरलाई आधुनिक र उद्यमशील बनाउन पर्यटन प्रवर्द्धनका लागि सदरमुकामबाट ५ किलोमिटर दुरिमा प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिसकिएको मेयर बसन्तकुमार बस्नेतले बताउनुभयाे । प्याराग्लाइडिङ्गको स्कुल संचालनका लागि सम्बन्धित संघसंस्थाहरु सँग समन्वय भईरहेको उहाँले बताउनुभयाे ।

गाईघाटबाट ५० किलोमिटर दुरिमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गरि फर्किने पर्यटकलाई त्रियुगा नगरसहित सप्तरी, सिराहा सम्मका भुभाग देखिने गरी नवउदय सामुदायिक वनमा प्याराग्लाइडिङका लागि स्टेसन बनाएर उडान गरिने मेयर बस्नेतले बताउनुभयाे ।

यसअघि कटारी नगरपालिका-७ को पर्यटकिय क्षेत्र मर्जितपुरमा व्यवसायिक उडानका लागि परीक्षण गरिएको थियो । सफल उडानसँगै सो क्षेत्रमासमेत व्यवसायिक प्याराग्लाईडिङको तयारी भईरहेको जनाइएको छ । स्थानीय गढिकोट पर्यटन व्यवस्थापन समितिले प्याराग्लाईडिङ सुरु गर्न लागेको उपमेयर गित खड्काले बताउनुभयाे । प्याराग्लाईडिङ सँगै जिपलाईन र रक क्लाईबिङ पनि सुरु गरिने तयारी गरिएको छ ।

माथिल्लो सगरमाथा सोलु, ओखलढुंगा र खोटाङ्गको प्रवेशद्धारको रुपमा रहेको कटारी क्षेत्र पर्यटकिय हिसावले निकै अगाडी छ ।
७५० मिटरको उचाईमा रहेको मर्जितपुर उडान गरी २५० मिटर तल रहेको सिमसार क्षेत्र आसपासमा अवतरण गर्ने सकिने गढिकोट पर्यटन व्यवस्थापन समिति कटारीका अध्यक्ष सुर्य लामाले बताउनुभयाे । ‘नेपालकै पहिलो ठाउँ हो, जुन स्थानबाट प्याराग्लाईडिङको उडान र अवतरण एकै ठाउँमा हुन्छ त्यसैले मर्जितपुरमा प्याराग्लाईडिङको प्राविधिक हिसाबले उपयुक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?