काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सुजल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गर्नुभएको छ । सुजलले बिहीबार सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्नुभएको हो । अष्ट्रेलिया जान तयार हुनुभएका सुजलले त्यहाँ जानुअघि सन्न्यास घोषणा गर्नुभएको हो । सुजल बिहीबार राति नै अष्ट्रेलिया उड्नुभएको छ ।
सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गर्नुभएको थियो । एन्फा एकेडेमीका उत्पादन सुजलले नेपाली राष्ट्रिय टोलीबाट ३७ खेल खेल्दै तीन गोल गर्नुभएको छ । नेपालले २०१६ मा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा सुजल टोलीको सदस्य हुनुहुन्थ्यो । नेपालमा आयोजना भएको १३ औं सागमा सुजलको कप्तानीमा नेपालले स्वर्ण पदक जितेको थियो ।
सुजलले सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद दिनुभएको छ । आफूलाई विश्वास गर्ने प्रशिक्षकप्रति आभार व्यक्त गर्नुभएको छ । ‘११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुशीका पल त केही दुःखका, कतै उपाधि त कतै निराश क्षणलगायत यी सबै तिता मिठा सम्झनाहरू मनमा समेटी आज म राष्ट्रिय टोलिबाट आफ्नो सन्यास घोषणा गर्दछु,’ सुजलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
‘यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरे । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाइहरू धेरै क्षमतावान छन् । र, म विश्वस्त छु कि भाइहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नयाँ पुस्ताको हो,’ उहाँले थप्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच