सांगीतिक कार्यक्रममा गुञ्जिँदै बासकोटा

Read Time = 1 min

काठमाडौं । गायक तथा संगीतकार कालिप्रसाद बासकोटा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’मा काठमाडौंका दर्शकमाझ गुञ्जिने हुनुभएको छ । पछिल्लो चलचित्र ‘फूलबारी’मा रहेको गीत ‘माया रैछ र’मा स्वर दिनुभएका बासकोटा ठमेलको सञ्चय कोष चोकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा आगामी चैत १७ गते अर्थात् मार्च ३१ गते शुक्रबार गुञ्जिन लाग्नुभएको हो ।

कार्यक्रममा कालिप्रसादले नयाँ व्याण्ड ‘साथी भाइ’सँग लाइभ गीत प्रस्तुत गर्नु हुनेछ । कन्सर्टमा उहाँले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पक्षी’लगायत लोकप्रिय गीत गाउनुहुनेछ । उहाँले ‘साथीभाइ’ व्याण्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउने बताइएको छ । कार्यक्रम पिभिई नेटवर्कको प्रस्तुति र डेभिल्स ग्रुपको सहकार्यमा हुनलागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?