मोरक्कोसँग ब्राजिल पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। ब्राजिल मोरक्कोसँग पराजित भएको छ ।

विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २(१ ले पराजित भएको हो ।

मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक(एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरे ।

हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?