बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । भिरबाट लडेर  बैतडीमा एक पुरुषको ज्यान गएको छ ।

पाटन नगरपालिका–४ बत्थीका ५० वर्षीय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । आइतबार दिउँसो एक बजे सोही वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

महरालाई  स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?