नामिबियाबिरुद्ध बलिङ गर्दै नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

नामिबियाले पहिला ब्याटिङको निम्तो पाएको छ ।

हिजो भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?