भुटानमाथि भारतको फराकिलो जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा भारतले भुटानमाथि फराकिलो जित हात पारेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भारतले भुटानलाई ९-० गोल अन्तरले हराएको हो ।

भारतको जितमा शिल्जी शाजीले ५ गोल गर्नुभयो । यस्तै सिबानीले दुई तथा थोइबिसना र मिनकाले एक/एक गोल थप्नुभयो । प्रतियोगितामा भारतको यो दोस्रो जित हो । भारतले तीन खेलमा ६ अंक जोडेको छ ।

भुटानको यो चौंथो हार हो । भुटान अंक विहीन रहेर पुछारमा रहेको छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?