नवलपरासी । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेका छन् । जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा ९ वटा बम फेला परेका हुन् ।
आइतबार दिउँसो बारीमा मुला र गाजर सुकाए जस्तै गरी बम देखेपछि स्थानीयहरू त्रसित भएका थिए । लगत्तै स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।
बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा चौपाया चराउन गएका किसानले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो ।
भारतीय सेनाका पूर्वसैनिकसमेत रहनुभएका सरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गर्नुभएको छ ।
जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकले भने बमका बिषयमा अनुसन्धान गरेर मात्र पूर्ण जानकारी दिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच