गायक अदनान सामीले फिल्म नहेरेर गरे ‘एनिमल’ को तारिफ

हिमालय टाइम्स
Read Time = 2 mins

रणवीर कपूरको फिल्म ‘एनिमल’को सामाजिक सञ्जालमा लगातार चर्चा भइरहेको छ । यो चलचित्र हेर्न दर्शकहरु पनि ठूलो संख्यामा सिनेमा हलमा पुगेका छन् । सामाजिक सञ्जालमा फिल्मको आलोचना भइरहेको छ । यस्तो अवस्थामा अब गायक अदनान सामीले फिल्म र रणवीर कपूरको पक्ष लिँदै पोस्ट सेयर गरेका छन् ।

निर्देशक सन्दीप रेड्डी वांगाको ‘एनिमल’ पछिल्लो केही दिनयता समस्याग्रस्त दृश्यका कारण निकै चर्चामा रहेको छ । यसैबीच, अदनान सामीले फिल्मको बारेमा एक पोस्ट साझा गर्नुभयो। मनोरञ्जनका आधारमा चलचित्र हेर्नुपर्ने र त्यसमा तर्क खोज्न नहुने उनको भनाइ छ । अदनानले अहिलेसम्म ‘एनिमल’ नदेखेको पनि बताए ।

उनले लेखेका छन्, ‘के केही मानिसहरूले चलचित्रको अतिविश्लेषण, तिनको बारेमा अतिविचार गर्ने र नैतिकताको तराजूमा नाप्ने काम रोक्न सक्नुहुन्छ । यो एउटा चलचित्र मात्र हो । यो कल्पना हो, यो मनोरञ्जन हो। यदि तर्कको कुरा गर्दै हुनुहुन्छ भने अमर अकबर एन्थोनीमा देखाइएको अनावश्यक रक्तदान दृश्यको बारेमा बताउनुहोस्। एउटै पाइपबाट एउटै आमाका तीन छोराले रक्तदान गरे । हामीले यो फिल्मलाई कल्ट क्लासिक भन्यौं र हामीलाई धेरै मन पर्यो।’ आजतकबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?