मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

हिमालय टाइम्स
Read Time = 1 min

डम्मर बुढा मगर/हिटा
बागलुङ । मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ हिडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका उप्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

हेलिकप्टरमा एक बालकसहित ६ जना यात्रु छन् । मौसममा आएको खराबीका कारण हेलिपप्टरले आकस्मिक अवतरण गरेको हो । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?