गत आर्थिक वर्षमा विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमायो

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताउनुभएको हो ।

उहाँले आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष ०७८÷७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको भए पनि आर्थिक वर्ष ०७९/८० मा नाफा घटेको बताउनु भयो । उहाँले गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको बताउनु भयो। उहाँले प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिव ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिव १ खर्ब १८ अर्ब पुगेको उल्लेख गर्नुभयो।

उहाँले प्राधिकरणको सञ्चिति नाफा ११ अर्बबाट दुई वर्षमा बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको बताउनु भयो। उहाँले प्राधिकरणको वास्तविक सम्पती मूल्यांकन कार्य सम्पन्न गरिएको पनि बताउनु भयो । निर्देशक घिसिङले प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको बताउनु भयो।

उहाँले संस्थाको त्रेडिट रेटिङ आईसिआरए बाट एए प्लस प्राप्त गर्न सफल भएको समेत उल्लेख गर्नुभयो । उहाँले प्राधिकरणले बजेट र खर्च नियन्त्रणको लागि केन्द्रिकृत भुक्तानी एवं अनलाइन प्रणालीलाई प्रभावकारी बनाइएको बताउनु भयो। उहाँले विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिव ४८ अर्ब बराबरको रकम प्रशारण तथा वितरण प्रणालीमा बिस्तार र सुधारमा लगानी गरिएको दाबी गर्नुभयो । उहाँले प्राधिकरणले सरकारको कोषमा सावाँ,ब्याज र रोयल्टी गरी करिव ३० अर्ब जम्मा गरेको पनि जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,‘ विद्युत प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८÷७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियोे । आर्थिक वर्ष २०७९/८०को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२अर्ब ३३ करोड रुपैयाँ छ। गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदिनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित भएको छ ।

प्राधिकरणले विद्युत बिक्री र अन्यबाट आम्दानी दुई वर्ष अघि करिव ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिव १ खर्ब १८ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणको सञ्चित नाफा ११ अर्वबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणको वास्तविक सम्पति मूल्यांकन कार्य सम्पन्न गरिएको छ। साथै प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारि गर्ने प्रक्रिया अगाडि बढाइएको छ । संस्थाको क्रेडिट रेटिङ आईसिआरए बाट एए प्लस प्राप्त गर्न सफल भएको छ । बजेट र खर्च नियन्त्रणको लागि केन्द्रिकृत भुक्तानी एवं अनलाइन प्रणालीलाई प्रभावकारी बनाइएको छ । विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिव ४८ अर्ब बराबरको रकम प्रसारण वितरण प्रणाली बिस्तार र सुधारमा लगानी गरिएको छ । सरकारको कोषमा सावाँ,ब्याज र रोवाल्टी गरी करिव ३० अर्ब जम्मा गरेको छ ।’

निर्देशक घिसिङले आर्थिक वर्ष २०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत चुहावट ३.९२ प्रतिशतले घटेर अहिले १३.४६ प्रतिशत पुगेको बताउनु भयो। वितरणतर्फबाट विद्युत चुहावट ९.७६ प्रतिशत सिमित गरिएको घिसिङको भनाई छ । उहाँले दुई वर्ष अघिसम्म ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारण लाइनको विद्युत पाएकोमा अहिले ९५ प्रतिशत पुगेको बताउनु भयो ।

उहाँले मधेस,वागमती र गण्डकी प्रदेशहरुमा सारभुत रुपमा पूर्ण विद्युतीकरण भएका छन् भने कोशी प्रदेशमा ९५ प्रतिशत,लुम्बीनी ९८,कर्णाली ६७ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको दाबी गर्नुभयो । उहाँले ७५३ स्थानीय तहहरुमध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ पूर्ण विद्युतीकरण भएका र १ सय २७ वटा स्थानीय तहहरुका अधिकांश स्थानमा र २१ स्थानीय तहहरुका अधिकांश स्थानहरुमा सोलार र साना तथा लघुजलविद्युतमार्फत विद्युतीकरण भएको बताउनु भयो। उहाँले आगामी दुई वर्ष भित्र मुलुकभर विद्युतीकरण गर्ने सरकारको घोषणा कार्यान्वयन गर्ने सम्पूर्ण तयारी पूरा गरी काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो दुई वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत करिव २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको बताउनु भयो । विगत २ वर्षमा उद्योगहरुको ८०० एमभिए विद्युत लोड स्वीकृत गरिएको घिसिङको भनाई छ ।

निर्देशक घिसिङले विद्युत प्राधिकरण भारतमा विद्युत निर्यात १० अर्ब ३५ करोड रुपैयाँ र आयात १९ अर्ब ४५ करोड रुपैयाको गरेको बताउनु भयो । उहाँले गत वर्षमा विद्युत निर्यात भन्दा आयात बढी भएको बताउनु भयो । उहाँले नेपालले पहिला पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात शुरु गरी हाल करिव ४५० मेगावाट विद्युत निर्यात भैरहेको बताउनु भयो ।

उहाँले भारत निर्यातको लागि करिव ६०० मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा सहमति प्रक्रिया रहेको रहेको बताउनु भयो । उहाँले विहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ के.भी प्रशारण लाइनहरुबाट बिहारको ग्रिड हुँदै भारतको केन्दीय ग्रिड प्रणालीबाट करिव ३०० मेगावाट विद्युत बिक्री गर्ने पि.टी.सी. ग्रिड इण्डिया,बिहार स्टेट पावर कर्पोरेशन र प्राविधकरण बीच त्रिपक्षीय सहमति भएको बताउनु भयो । उहाँले भारतको हरियाना राज्यलाई विद्युत सप्लाई गर्नेगरी भारतीय विद्युत व्यापार कम्पनी एन.भि.भि. एनसँग ५ वर्षको लागि २०० मेगावाटको मध्यकालिन विद्युत बिक्री सम्झौता भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा हालसम्म जडित क्षमता कुल २८२२ मेगावाट पुगेको छ भने आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० र चालु आर्थिक वर्षको श्रावन २४ गतेसम्म ७५१ मेगावाट र ६३२.३७ मेगावाट गरी जम्मा १३८३.३७ मेगावाटका जलविद्युत तथा सौर्य आयोजनाहरुबाट उत्पादन शुरु भएको बताउनु भयो। उहाँले हालसम्म करिव ८०५२ मेगावाट विद्युत खरिद सम्झौता सम्पन्न भएकोमा गत दुई वर्षमा मात्र करिव १ हजार ७७४ मेगावाटको विद्युत खरिद बिक्री सम्पन्न भएको बताउनु भयो।

निर्देशक घिसिङले सिस्टममा समस्याका कारण पछिल्लो समय झ्याप–झ्याप बिजुली जाने गरेको बताउनु भयो । उहाँले प्रशारण लाइनमा गडबड भइरहेने भएकाले लाइन जाने आउने समस्या हुन थालेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?