भ्रष्ट साँढे हुुँदा साँढा, ध्वाँसे फुर्के मडारिए ।
बूूढो साँढे अझै डुुक्री, बर्नेहरू चटारिए ।।
हरिया घाँसका मोही, छन् लुुब्धक बराँठका ।
कामी क्रोधी मदी, झेली खेलमा छन् खराँटका ।।
गोठ भत्काउँदै दाम्लो चुुँडाई डुक्रँदै कुदे ।
बाच्छा बाच्छी कयौँ गाई, पछुवा भै सँगै जुधे ।।
कयौँ सबार रोकिन्छन्, बाटो अस्त र व्यस्त छ ।
खैरे जैरे जुरे बन्दै, फूँ-फूँ हुुङ्कार मस्त छ ।।
सिँगौरी खेल्दछन् कान्ला -कान्ली भस्काउने गरी ।
लुुट्दछन् कर्मजीवीका धानका फाँट बेस्सरी ।।
आइते मङ्गले कुुर्ली हुुक्काँ ! ड्वाँ-ड्वाँ ! गरी कुुदे ।
बाँबाँ ¤ बूूँबूूँ गरी बाच्छाबाच्छी सडकमै सुते ।।
यता जाम उता जाम, पार्थदृष्टि छ हामकै ।
धुुलो उडाउँदै उफ्रे तिखा सिङ उध्याउँदै ।।
धुरा हान्न जुटे केही, बाच्छाबाँच्छी मिची थिची ।
निम्छरा दुुर्बला गाई सबै हुुन्छन् किचीमिची ।।
पशु साम्राज्यको स्वाद दिने नारा मजा चल्यो ।
हुुक्काँ बाँबाँ बल्यो नारा, साधु-शोणित नै बग्यो ।।
हात्ती आएन फुुस्सा औ घुुस्सा बारुद पो मिल्यो ।
कठै ! गोगणका आँखा मुुटु रुग्ण विदीर्ण भो ।।
सम्झौता हुन गो बल्ल, वादी औ प्रतिवादीको ।
बण्डावाद नयाँ जन्मी, ठण्डा भो क्रान्तिको हियो ।।
समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच