उपाधि दाबेदार पुलिसको टोली घोषणा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ । पुलिसलाई महिलातर्फ उपाधिको बलियो दावेदार मानिएको छ । गत संस्करण आर्मीले पुलिसको महिला टोलीलाई फाइनलमा हराएको थियो ।

पुलिसको पुरुष टोलीको कप्तानी राष्ट्रिय टोलीका कप्तानसमेत रहनुभएका ईम रानाले गर्नुहुनेछ । त्यसबाहेक टोलीमा द्वारिका थापा, अभिषेक थापा, सफल विक, रविन नगरकोटी, भीमबहादुर गाहा, विशाल विक, प्रज्वल मल्ल, रविन चन्द, सरोज चौलागाई, कुलबहादुर थापा (हरि) र तोरणबहादुर चन्द रहनुभएको छ ।

पुलिसको महिला टोलीमा लक्ष्मी चन्द, यमुना रसाइली, मनिषा चौधरी, तिला चौधरी, पुनम चन्द, उषा भण्डारी, आशिका क्षेत्री, कोपिला राना, सरस्वती कट्टेल, कमला पुन, कामना विष्ट, शान्तिकाला तामाङ रहनुभएको छ ।

यस्तै न्यू डाइमण्डले पनि स्टार स्पाइकर प्रतिभा मालीको कप्तानीमा घोषिता गरेको छ । कप्तान प्रतिभासँगै टोलीमा राष्ट्रिय टोलीका सलिना श्रेष्ठ, रिमा कुँवर र प्रगति नाथ पनि टोलीमा हुनुहुन्छ । यसबाहेक वाल्मिका आचार्य, सुमित्रा रेग्मी, सलिना बुढामगर र एञ्जिला प्रधान पनि हुनुहुन्छ ।

युवा खेलाडीहरू एलिसा मानन्धर, जेनिशा विश्वकर्मा, भावना तामाङ र निशा महर पनि १२ सदस्यीय टोलीमा अटाउनुभएको छ । टोलीको मुख्य प्रशिक्षकमा कुमार राई छन् । सहायक प्रशिक्षकमा ललिता तथा व्यवस्थापकमा किरण कार्की नियमित हुनुहुन्छ ।

प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ सात टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुंग बाग ढुंगा स्पोर्ट्स क्लब र दावाली मिलन क्लब रहनुभएको छ । महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?