मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले बनायो समिति, प्रधानमन्त्रीले आजै भेट्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ११ दिन पैदल यात्रा गरी काठमाडौंमा आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरुसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याज पीडितको मागबारे बुझ्न चार सदस्यीय समिति गठन गर्नुभएको हो ।

प्रधानमन्त्रीले आजै मिटर ब्याज पीडितसँग भेट पनि गर्नुहुने भएको छ ।

वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?