पोखरा। सिद्धार्थ बैंकले नवनिर्मित भवन उद्घाटनको अवसरमा अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर तथा बहुउद्देश्यीय हल निर्माणका लागि सहयोग प्रदान गरेको छ । गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवन एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले उद्घाटन गर्नुभएको हो ।
बैंकले विगत १६ वर्षदेखि पोखरा महानगरपालिका ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आएको पोखरा शाखालाई पनि उक्त भवनमा स्थानान्तरण गरेको छ । अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत् आमग्राहकसमक्ष उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।
सो अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सोका लागि आवश्यक सोलार, युपिएस र ब्याट्री तथा दृष्टिविहीन विद्यार्थीका लागि बहुउद्देश्यीय हल निर्माण गर्न ४० लाख रुपैयाँसम्म सहयोग गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकतर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र विद्यालयतर्फबाट प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच