बेटर होमका रिटेलरलाई थाइल्याण्ड भ्रमण अफर

Read Time = 2 mins

काठमाडौं । बेटर होम अप्लायन्सेसले उत्कृष्ट रिटेलरलाई थाइल्याण्डको यात्रा गराएको छ । बेटर होम अप्लायन्सेस रवि एण्ड सन्नी इण्डस्ट्रिज प्रालिअन्तर्गतको इलेक्ट्रोनिक र होम अप्लायन्स ब्राण्डले सबैभन्दा बढी सामान बिक्री गरेका रिटेलरलाई सोमबार पाँचदिने थाइल्याण्ड यात्रामा पठाएको हो ।

हालको कठिन आर्थिक अवस्थाका बाबजुद पनि बेटरले रिटेलरलाई आगामी वर्ष अझ राम्रो बिक्रीका लागि प्रोत्साहित गर्न यात्रा प्रस्ताव गरेको हो । कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सन्नी रौनियारले भन्नुभयो, ‘हामी आफ्ना रिटेलरलाई उत्थान गर्न चाहन्छौँ र विश्वास दिन चाहन्छौँ । उहाँहरूबाट यस्तो समर्पण पाएकोमा हामी कृतज्ञ छौँ ।’ बेटर होम अप्लायन्सेस नेपालमा इलेक्ट्रोनिक्स र होम अप्लायन्स ब्राण्ड हो । जसले प्रेसर कुकर, राइस कुकर, आइरन, इण्डक्सन, इन्फ्रारेड, इलेक्ट्रिक जग, फ्यान, हिटर उत्पादन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?