काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त रकमको चेक बुधबार हस्तान्तरण गर्नुभएको हो ।
नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रम शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेलकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलतासम्बन्धी कार्यका लागि आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
सो अवसरमा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा कार्यालय नक्सालका प्रबन्धक माधव खतिवडालगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच