माओवादी केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य पठाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौं भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।

यसैगरी, बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णयसमेत बैठकले गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?