सरकारले विश्वासको मत पाउने महराको दाबी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकारले विश्वासको मत पाउने बताउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि विश्वासको मत लिने जनाउँदै महराले सरकार यथावत रहने बताउनु् भएको हो ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि सामान्यतया विश्वासको मत लिनु पर्छ,’ माओवादी नेता महराले भन्नुभयो ‘त्यसकारण स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत रहेको छ । सरकार यथावत रहन्छ, विश्वासको मत कायमै रहन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?