सत्ता गठबन्धन बामपन्थी एकता नभई कार्यगत एकता : प्रधानमन्त्री प्रचण्ड

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरण मात्रै भएको बताउनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार काठमाडाैँमा आयोजित पार्टी कार्यक्रममा बामएकताका नाममा धुर्बिकरण उचित नरहेको टिप्पणी गरेका बेला प्रधानमन्त्री दाहालले पनि अहिले बामपन्थी एकताको कुरा नचलेको बताउनु भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर प्रस्थान गर्नुअघी धनगढी विमानस्थलमा दाहालले गठबन्धन दलहरुमा कुनै ठुलो समस्या नरहेको र पुर्ण समय यही गठबन्धन रहनेसमेत प्रस्ट्याउनु भयो ।

धनगढी विमानस्थलमा पत्रकारहरु सँग बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिलेनै सत्ता गठबन्धनलाई बामगठबन्धनका रुपमा नलिइएको बताउनु भयो । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना रहेको दाहालले बताउनु भयो । हाल समीकरण वामपन्थीको मात्र नरहेको बताउँदै दाहालले अन्यदलहरुसमेत गठबन्धनमा सहभागी भएका कारण वामएकता भन्नु सही नरहेको बताउनु भयो । अहिलेलाई सत्ता समिकरणका रुपमा लिइएको प्रस्ट पार्दै दाहालले राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जाने दावी गर्नु भयो । अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दाहालले एमाले-माओवादीसहितको समीकरण पूरै अवधि जाने प्रष्ट पार्नु भयो । एमाले अध्यक्ष केपी सर्मा ओली र माधव नेपाल बिच चलेको वारका बिषयमा दाहालले अहिले कुनै समस्या नरहेको दावी गर्दै यो भन्दा बढी नबोलाउन आग्रह गर्नु भयो ।

प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले बताउनु भयो । अब कोशी प्रदेशमा मात्र मुख्यमन्त्री चुन्न बाँकी रहेको बताउदै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताउनु भयो ।

दाहालले आगामी आर्थिक वर्षको नीतिकार्यक्रम तथा बजेट परम्परा भन्दा भिन्न ढंगले प्रस्तुत गर्ने जिकिर गर्नु भयो । वैज्ञानिक वस्तुवादी र जनमैत्री बनाउने गरी नीतिकार्यक्रम करिब ड्राफ्ट भइसकेको उहाँले बताउनु भयो । दाहालले नेपालमा पहिलो पटक कतारका राजा नेपालमा आउन लागेको बिषयलाईसमेत गौरवपुर्ण रुपमा लिएको बताउनु भयो । उहाँले सरकार फरक ढगंले कामको गति बढाउन तर्फ केन्द्रित भएको दावी गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?