कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन, प्रदर्शनकारीले मागे मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन भएको हो ।

शुक्रवार सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीमध्ये एक राजन मिकारुङले कुनैपनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडो भन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताउनु भयो । उहाँले नागरिकको समस्या समाधान गर्न नसके, प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले राज्यपक्ष शुरुवाती चरणमा गम्भीर नबनेपनि समय र परिस्थितिले गम्भीर हुन बाध्य गराउने बताउनु भयो ।

प्रदर्शनकारीले पहिचान बिरोधी होशियार, कोशी प्रदेश खारेज गर्, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर्, संघीयता पुनः सीमाङ्कन गर्, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई शहीद घोषणा गर् लगायतका नारा लगाएका लिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?