गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयमा चार कोठे भवनको शिलान्यास गरिएको हो । बिहिबार रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले विधिपूर्वक चारकोठे भवनको शिलान्यास गर्नुहुँदै समुन्नतिको पहिलो आधार शिक्षा भएको बताउनुभयो ।
नगरप्रमुख पन्थीले शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउँदै शिक्षामा नगरपालिकाले कमी नराख्ने बताउनुभयो । गुणस्तरीय शिक्षा प्रवाह सबैको साझा उद्देश्य हुनुपर्ने बताउनुभयो । रु.५०लाख लागतमा निर्माण हुने यो भवन तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।
पूर्व विद्यालय समितिका अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले शिक्षा निरन्तर चल्ने प्रक्रिया भएका कारण यसको थप विकासका लागि विश्राम लिन नहुने बताउनु भयो । विद्यालय उपभोक्ता समिति मार्फत विद्यालयको भवन निर्माण सुरु गरिएको हो । यो विद्यालय आगामी असार मसान्तसम्म निर्माण कार्य गरिसक्ने गरी रेसुंगा नगरपालिकासँग सम्झौता गरि विद्यालयको भवन निर्माण कार्य सुरु गरिएको हो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पन्थीले गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यालय प्रतिवद्ध र सधैं अग्रणी स्थानमा रहेको बताउनुभएको छ । पन्थीले भौतिक निर्माणसँगै समयअनुकुल शिक्षा प्रवाहका लागि सिंगो विद्यालय परिवार दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच