आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थलः प्रधानमन्त्री

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताउनुभएको छ ।

शुक्रवारबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयुर्वेदालाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्युनिकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गर्नुभयो । उहाँले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो ।

उहाँले सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताउनु भयो । उहाँले भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण संवर्द्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आयुर्वेदालाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध छ । नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो । नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधिहरु पाइन्छन्, यार्सागुम्बा, अमलालगायतका विभिन्न अमूल्य जडिबुटीहरु पनि यहाँ पाइन्छ । सिंहदरबारस्थित वैद्यखानाबाट पनि हामीले आयुर्वेदलाई मूख्य प्राथमिकतामा राखेर काम गरिरहेक छौँ । हामीले पहिलो प्राथमिकतामा राखेर आयुर्वेद अस्पतालका लागि औषधिहरुको मुख्य थलोको रुपमा नेपाललाई भारतले राखेको छ । अझै यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ । तर पछिल्लो समय जलवायु परिवर्तनका कारण यसमा असर परिरहेको छ । यसलाई हामीले न्युनिकरण गर्दै जानुपर्छ ।’

प्रधानमन्त्री दाहालले यो महासभाले जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलार्य न्युनिकरण गर्ने कुरामा लाग्नेमा विश्वस्त रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?